दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
गाउँपालिकाको आयोजनामा नयाँ बर्ष तथा बिसु पर्वको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिन लागेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो । गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा गाउँपालिका भित्रका टिमहरुले सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो ।
चैत्र २९ गते देखि गाउँपालिकाको वडा नम्बर ५ मा रहेको भवानी माध्यमिक विद्यालय सौगन्नामा खेल सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा खेलकुद क्षेत्रको विकासको लागि नयाँ बर्ष र बिसुको शुभ अवसर पारी प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष ठेकरे बोहराले बताउनुभयो । प्रतियोगितामा सहभागी हुने टिमहरुले चैत्र २४ गते देखि चैत्र २८ गते कार्यालय समय भित्र टिम दर्ता गराउन गाउँपालिकाले आग्रह गरेको छ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैँया नगद पुरष्कार पाउने छ। त्यस्तै द्धितीयले ३० हजार र तृतीय हुने टिमले २० हजार नगदसहित ट्रफि र मेडल पुरष्कार पाउने गाउँपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ।






प्रतिक्रिया