दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ कोर्थी (हाल कैलालीको धनगढी उप महानगरपालिका शिवनगर ) बस्ने साविक खण्डेश्वरी गाउँ विकास समिति उपाध्यक्ष रणबिर सिंह मन्यालको हृद्धयघातका कारण निधन भएको छ ।
नेकपा एमालेबाट २०५४ सालमा अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी गाउँ विकास समिति उपाध्यक्षमा निर्वाचित मन्यालको हृद्धयघातका कारण उपचारको क्रममा गयराती धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मन्यालको निधनको शोकमा अपिहिमाल गाउँपालिकाले सोमवार (भोली) गाउँपालिकाभरी शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया