मालिकार्जुनमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिकास्तरिय अन्तरक्रिया सम्पन्न भएको छ ।

“सुधारौँ सोच,संस्कार र व्यवहारःनियन्त्रण हुन्छ भष्टाचार”भन्ने नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरको आयोजनमा सञ्चालन भएको कार्यक्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका विभिन्न पक्षहरुमा अन्तरक्रिया सहित छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा खख्तियारमा पर्ने उजुरीहरुमा ध्यान दिनुपर्ने, खरिदबिक्रि,शिक्षा तथा योजनाहरुको बिषयमा छलफल सहित अन्तिरक्रिया गरिएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उप–सचिव लक्ष्मी प्रशाद जोशीले बिषयबस्तु प्रस्तुतिकरणका साथै छलफल गराएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख सह–सचिव वेद प्रकाश भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी,शाखागत कर्मचारीहरु,विद्यालयका प्रध्यानाध्यापकहरु, शिक्षक, उपभोक्ता समितिका पदाधिकारीहरु, बन समितिका पदाधिकारी, स्थानीय लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?