देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

दार्चुला । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

विभागकी मौसमविद् शान्ति कँडेलले काठमाण्डौ उपत्यकामा आज दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेकाले वायु प्रदूषण पनि कम हुन सक्ने बताउनुभयो ।

छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरी पनि चल्ने सम्भावना देखिएकाले हिजोअस्तिको तुलनामा प्रदूषण कम हुने उहाँको भनाइ छ । यतिखेर भने काठमाण्डौमा हिजोअस्ति जत्तिकै प्रदूषण छ र विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाण्डौको एक्यूआई २४६ छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको मौसम बदली हुनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै ठाउँ तथा देशका बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?