भुवन प्रशाद पन्त

यो मैना चैतको मैना,मुखि आउनो हैकी
ए ईजु लडेली ईजु,सम्झि रुनी छैकी।
उराठु लागन्छ ईजु,न्याउलीको स्वर सुणी
कालुलै नाई आउनो ईजु,मुखिल्याखा भुणी।
सबैका भेटौला आया,वल्ला–पल्ला घर,
दादालै परदेश छ ईजु, झिकै चिन्ता डर।

ए ईजु दुखारी ईजु, बाबा निका छनकी,
शुख जती दुनियाँका,दुख हम्रा हुनकी।
यो बर्ष लै सकिगयो, आउनलागी बिसपती,
गहु काट्टाकी भोरभार होली,तोई इजु छटपटी।
सबैकी सुणनु रैछ, चेलिका जातले
दिनभर काम हुन्छ ईजु,सताउँछि रातले।

माईत झानु भुण्या इजु,सासु रिसाई रन्छी
वाई झान्या भ्या याँ क्याई आए, झर्किबरे भन्छि।
जे हुन्छ भेटौलो ईजु , बाबा लाई जनलाए
बाबालै बिरामी छनु, ओखदो खानलाए।

बाच्या भेट होईझाली ईजु, काजबार खाईहाले
खान्या बेला,सिन्या बेला,,बाटुल्की लाईहाले।
लेकम-६ घोडेसिला घर भएका पन्त हाल नेपालगन्ज उप–महानगरपालिका कृषि विकास शाखामा नायव प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?