मालिकार्जुन–३ को धौखानी-कौलासैन सामुदायिक वन फडानी र अतिक्रमणको चपेटामा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का २ वटा सामुदायिक वन अतिक्रमणको चपेटमा परेका छन् ।

राष्ट्रिय धाम मालिकार्जुन शैल्यशिखर क्षेत्रमा रहेको एैतिहासिक वन क्षेत्र अतिक्रमण र वन फडानीको चपेटामा परेको स्थानीय अनिल सिंह धामीले बताउनुभयो ।वडा नम्बर ३ को मल्बाव क्षेत्रमा रहेका दुई वटा सामुदायिक वन क्षेत्रमा तिब्र अतिक्रमण र फाडनी भइरहेको स्थानीय धामीले बताउनुभयो ।

वन संरक्षणको लागि उक्त क्षेत्रमा दुई वटा धौखानी सामुदायिक वन उपभोक्ता समिति र कौलासैन सामुदायिक वन उपभोक्ता समिति गठन गरिएको छ।

उपभोक्ता समितिले संरक्षणको जिम्मा पाए पनि सामुदायिक वनबाट दिनप्रतिदिन चोरी सिकारी, अतिक्रमण तथा फडानी नरोकिएको स्थानीयहरुको भनाई छ।

सामुदायिक वन क्षेत्र संरक्षणको लागि उपभोक्ता समितिले काम गरिरहेको भए पनि स्थानीयहरुबाटै अतिक्रमण र फडानी भइरहेको कौलासैन सामुदायिकन वन उपभोक्ता समितिका अध्यक्ष गणेश सिंह धामीले बताउनुभयो ।” वन संरक्षणको जिम्मा अध्यक्षलाई मात्रै भए जस्तो गर्छन अध्यक्षकै वन हो भन्ने मानसिकता स्थानीयमा छ, एक जना अध्यक्षले मात्रै संरक्षण गरेर हुने अवस्था छैन” उहाँले भन्नुभयो ।

सामुदायिक वन संरक्षणको जिम्मा पाएका स्थानीयहरुनै वन अतिक्रमण र फडानीमा लाग्दा संरक्षणमा चुनौती देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै उक्त क्षेत्रमै रहेको धौखानी सामुदायिक वनको धेरै क्षेत्र अतिक्रमण भएको अध्यक्ष ज्ञान सिंह धामीले बताउनुभयो । वन क्षेत्र अतिक्रमण गरेका स्थानीयहरुलाई पटक पटक आग्रह पनि स्थानीयले छोड्न तयार नभएको उहाँले बताउनुभयो ।

“वन क्षेत्र संगै जग्गा जोडिएका स्थानीयहरुले सामुदायिक वनको ठुलो भु-भाग अतिक्रमण गरेका छन् । यस बारे वन कार्यालयलाई पनि जानकारी गराई सकेका छौ उपभोक्ता समितिले पटक पटक आग्रह गर्दा पनि अतिक्रमण गरेको क्षेत्र छाड्न स्थानीय तयार छैन्न” उहाँले भन्नुभयो ।

पछिल्लो पटक पनि उपभोक्ता समितिको बैठक नै राखेर अतिक्रमण गरेको वन क्षेत्र छाड्न तथा वन फाडनी नगर्न र वस्तुभाउ चरिचरन नगर्न नगराउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

यस विषयमा डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीदत्त जोशीले सामुदायिक वन क्षेत्र अतिक्रमण भएको सूचना पाएको र छिट्टै निरीक्षण गरिने बताउनुभयो ।उक्त क्षेत्र महाकाली सव डिभिजन कार्यालय अन्तरगत रहेकोले उतैबाट टोली पठाएर समस्या समाधान गरिने उहाँले बताउनुभयो ।

सोही विषयमा महाकाली सव डिभिजन वन कार्यालयका फरेस्टर मान बहादुर नाथले अतिक्रमण र फडानीमा संलघनहरुलाई कार्वाही गरिने बताउनुभयो । उक्त क्षेत्रमा वन फडानी र अतिक्रमण भएको निरीक्षण गरि आवश्यक प्रक्रिया अगाडी बढाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?