दार्चुला । नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को जिल्ला सम्मेलन आगामी बैशाख ११ गते गर्ने निर्णय भएको छ।
मंगलबार जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा सम्पन्न वाइसिएल जिल्ला समन्वय समिति दार्चुलाको बैठकले समितिको जिल्ला सम्मेलन बैशाख ११ गते गर्ने निर्णय गरेको वाइसिएलका जिल्ला संयोजक राजेन्द्र बोहराले जानकारी दिनुभयो ।
वाइसिएल दार्चुलाका संयोजक राजेन्द्र बोहराको अध्यक्षता एंव वाइसिएल सुदूरपश्चिम प्रदेश संयोजक नर बहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बैशाख ८ गते भित्र जिल्लाका सबै स्थानीय तहको सम्मेलन सम्पन्न गर्ने र ११ गते जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
प्रदेश र केन्द्रीय सम्मेलनको तयारी स्वरुप पालिका र जिल्ला सम्मेलन गरिन लागेको उहाँले बताउनुभयो ।
बैठकमा मालिकार्जुन गाउँपालिका उपाध्यक्ष तथा माओवादी केन्द्रका प्रदेश सदस्य कल्यान सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा वाइसिएल दार्चुला इन्चार्ज देव सिंह ठगुन्ना, वाइसिएलका पालिका संयोजक लगायत पार्टीका नेता कार्यक्रताको सहभागिता रहेको उहाँले बताउनुभो ।





प्रतिक्रिया