टी–२० अन्तर्राष्ट्रिय शृङ्खला: कतारसँग नेपाल टस जितेर फिल्डिङ गर्दै

दार्चुला । हङकङमा चलिरहेको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा अहिले नेपालले कतारसँग खेलिरहेको छ । नेपालले टस जितेर पनि फिल्डिङ रोजेको छ ।

नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो । नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप बहु दिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडी ५ महिनादेखि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् ।

आजदेखि शुरू भएको चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?