दार्चुलाको अपिहिमालमा विपद् व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा विपद् व्यवस्थापनको लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ।

अपिहिमाल गाउँपालिका, विपद् व्यवस्थापन शाखाको आयोजनामा गाउँपालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु र खोज उद्दार टोलीको लागि दुई दिने विपद् व्यवस्थापन क्षमता विकास सम्बन्धी तालिम बुधवारबाट सञ्चालन भएको भएको गाउँपालिकाको विपद् व्यवस्थापन शाखा अधिकृत पानसिंह धामीले बताउनुभयो ।

दुई दिन सम्म सञ्चालन हुने क्षमता विकास तालिममा गाउँपालिकाको विपद् व्यवस्थापन समितिका पदाधिकारी र वडा स्तरका उद्दार कर्ताका लागि कृत्रिम घट्ना अभ्याससहित क्षमता विकास तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

तालिममा सशस्त्र प्रहरीले कृत्रिम घटना अभ्यासहित प्रशिक्षण गराईरहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?