कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी, कुशल  र आसिफको अर्धशतक

दार्चुला । हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

बिहिवार बिहान कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन बनाए ।

त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

बलिङ तर्फ नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए । यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो  ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?