दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा विपद् व्यवस्थापनको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ।
अपिहिमाल गाउँपालिका, विपद् व्यवस्थापन शाखाको आयोजनामा बुधबार (हिजो) उद्घाटन गरिएको तालिम आज सम्पन्न भएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा अधिकृत पानसिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु र खोज उद्दार टोलीको क्षमता विकासको लागि गाउँपालिकाको आयोजनामा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
तालिममा गाउँपालिकाको विपद् व्यवस्थापन समितिका १४ जना र वडा स्तरीय खोज उद्दार टोलीका २९. जना गरि ४३ जनाको सहभागिता रहेको थियो ।
ग्रामीण क्षेत्रमा आईपर्ने प्राकृतिक विपद्हरुको प्रतिकार्य र खोज तथा उद्दामा सहायता गर्ने उदेश्यले गाउँपालिकाको विपद् व्यवस्थापन समिति र वडाहरुमा रहेको खोज तथा उद्दार टोलीका सदस्यहरुलाई तालिम दिईएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका ग्रामीण बस्तीहरुमा विपद्जन्य घटना भईहालेमा प्रहरी आउनु पूर्व खोज तथा उद्दार कर्ताले विपद्मा परेका स्थानीयहरुलाई उद्दार गर्ने गरि तालिम दिईएको उहाँले बताउनुभयो ।
तालिममा सशस्त्र प्रहरीको टोलीले गाउँपालिकाको विपद् व्यवस्थापन समितिका पदाधिकारी र वडा स्तरका उद्दार कर्ताहरुलाई कृत्रिम घट्ना अभ्यास (डेमो) सहित प्रशिक्षण गराएको धामीले बताउनुभयो ।
सशस्त्र प्रहरी निरिक्षक अनिल बहादुर शाहीको नेतृत्वको टोलीमा सशस्त्र प्रहरी नायव निरिक्षक भरत बहादुर चन्द र ३ जना जवानहरु कमल सिंह ठगुन्ना, रमेश रावल र हिमांशु जोशीले (डेमो) कृत्रिम अभ्यास प्रर्दशन गर्नुभएको थियो ।
विहिबार गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिकाको वन वातारवण तथा विपद् व्यवस्थापन समिति संयोजक पोखर सिंह लोथ्यालको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि तालिम सम्पन्न गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया