
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। मालिकार्जुन गाउँपालिकाको आयोजना तथा दार्चुला विकास संगठनको सहजीकरणमा आर्थिक वर्ष ०८१/०८२ को प्रथम तथा द्वितीय चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
सार्वजनीक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालू आर्थिक वर्षको हालसम्म गरेका विकास निर्माण, सेवाप्रवाह, र गाउँपालिकाको नीती कार्यक्रमबारे सरोकारवालामाझ सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरासिंह धामी, उपाध्यक्ष कल्यानसिह धामी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना जवाफदेहीवक्ता रहेका थिए ।
यस्तै गाउँपालिकाका विषयगत शाखा प्रमुखले शाखा अन्तर्गत उठेका सवालको जवाफ दिनुभएको थियो ।गाउँपालिकाले विकास निर्माण र सेवाप्रवाहका सन्दर्भमा उठेका विषयवस्तुलाई सुधार गर्दै लैजाने प्रतिबद्दा व्यक्त गरेका छन् ।