दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् ।

लखनउमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ । प्रतियोगितामा पाँच खेलमा ८ अङ्कका साथ गुजरात शीर्ष स्थानमा रहँदा समान खेलमा ५ अङ्क रहेको लखनउ छैटौं स्थानमा छ ।

यस्तै आज दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किङ्सको प्रतिस्पर्धा हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

४ खेलमा ६ अङ्क रहेको पन्जाब अङ्क तालिकामा पाँचौं स्थानमा छ भने ५ खेलमा २ अङ्क रहेको हैदराबाद पुछारमा छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?