
दार्चुला । दार्चुलाको महाकाली नगरपालिका र वडाहरुमा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो र दास्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रमको समयतालिका सार्वजनिक गरिएको छ । महाकाली नगरपालिका कार्यालय र नगरपालिकाभित्रका ९ वटै वडा कार्यालयहरुको सार्वजनिक सुनुवाई सञ्चालन तथा सहजीकरणका लागि समय तालिका सार्वजनिक गरिएको हो ।
महाकाली नगरपालिकाको आयोजना तथा मालिकार्जुन सामुदायिक संस्था (रेडियो लोकदर्पण) को सहजीकरणमा सञ्चालन हुने सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको वडा नम्बर १, २ र ९ मा बैशाख ३ गते सञ्चालन हुने छ। वडा नम्बर ४, ५ र ६ को सार्वजनिक सुनुवाई ४ गते सञ्चालन हुनेछ । यस्तै वडा नम्बर ३, ७ र ८ को सार्वजनिक सुनुवाई ५ गते सञ्चालन हुने छ । महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई बैशाख ७ गते हुने सहजीकरण संस्था मालिकार्जुन सामुदायिक संस्थाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
नगरपालिका कार्यालय र सबै वडाहरुमा विहान ११ बजेदेखि कार्यक्रम सञ्चालन हुने छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिका तथा वडा कार्यालयहरुले आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक अवधिमा गरेको सेवाप्रवाह र विकास निर्माणका योजना कार्यक्रमबारे जानकारी गराइने छ । बस्तुस्थिति विवरण प्रस्तुती संगै सेवाग्राही नगरबारी उपभोक्ता र सेवाप्रदायकबिच दोहोरो सार्वजनिक संवाद आयोजना गरिने भएकोले उपस्थितिका लागि सबै नागरिक र सरोकारवालाहरुलाई अनुरोध गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।
रचनात्मक सल्लाह, सुझाब, गुनासो र प्रतिक्रियासहित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भइदिनुहुन उपभोक्ता समिति, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी र आम नगरबासी नागरिकलाई महाकाली नगरपालिकाले अनुरोध गरेको छ ।