अपिहिमालमा सम्पन्न अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मावि सौगान्ना “ए” लाई

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सम्पन्न अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी भवानी माध्यमिक विद्यालय सैगान्नाको “ए” टिमले हात पारेको छ ।
गाउँपालिभित्रका १२ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा सौगान्ना “एस” टिम द्धितीय र अपिहिमाल युवा क्लब घुषा “ए” तृतीय भएको छ ।

नयाँ वर्ष तथा बिसुको पूर्वसन्धयामा चैत्र २९ गतेबाट वडा नम्बर ५ को भवानी माध्यमिक विद्यालय सौगान्न्नामा सञ्चालन भएको प्रतियोगितामा सुरु भएको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित ट्रफि र मेडल पुरष्कार प्राप्त गरेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र सिंह साउँदको अध्यक्षता रहेको प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?