
दार्चुला । दार्चुलाको अपिहिमालमा “जान्न परदेश” बोलको देशभक्ति गीतको छायाकंन गरिएको छ ।
निलिमा पुनको सगीत तथा जनगायक जिवन शर्माकी छोरी अनु शर्माको स्वर रहेको उक्त गीतको वडा नम्बर ४ खण्डेश्वरीको विभिन्न पर्यटकिय क्षेत्रहरुमा छायाकंन गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
जिल्लाको हिमाली क्षेत्रमा रहेका स्थानीय कलाकर्मी तथा रमणिय क्षेत्रहरु समेटेर “जान्न परदेश” बोलको गीतको छायाकंन गरिएको उहाँले बताउनुभयो । उक्त गीतको भिडियोमा अपिहिमालको पोशाक सहित गायीक अनु शर्मा स्थानीय कलाकारहरु पुर्णिमा ठेकरे, अभा ठेकरे र बबिना ठेकरेले समेत अभिनय गरेका छन् ।
केहि समयपछि उक्त गीतको भडियो बजारमा आउने बताइएको छ । दार्चुलाको विकट क्षेत्रमा पुगेर भिडियो छायाकंन गरेकोमा गाउँपालिकाले उक्त गीतका गीतकारहरुलाई सम्मान सहित धन्यवाद ज्ञापन गरेको छ ।