दार्चुला । “बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसंगको हानीनोक्सानी” भन्ने मूल नाराका साथ दार्चुलामा ३० औँ साताव्यापी वन्यजन्तु सप्ताह २०८२ सुरु भएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको आयोजनमा ३० औँ वन्यजन्तु सप्ताह सुरु भएको कार्यालयका सूचना अधिकारी मनोज अवस्थीले जानकारी दिनुभयो । सोमवार (आज) अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख विनय कुमार झाले ब्यानर वाचन गरेर ३० औँ वन्यजन्तु सप्ताहको उद्धघाटन गर्नुभएको हो । त्यस्तै कार्यालय परिसरमा सरसफाइ सरक्षित वन्यजन्तुहरुको अवस्था र प्रकृतिबारे समिक्षा सहित छलफल गरिएको छ ।

बैशाख १ गतेबाट सुरु भएको वन्यजन्तु सप्ताह बैशाख ७ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । सप्ताहमा सरक्षित वन्यजन्तुको अवस्थाका बारेमा अवलोकन सहित जानकारी लिइने उहाँले बताउनुभएको छ । सप्ताह अवधिभर वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरिने बताइएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत संरक्षित वन्यजन्तु पाइने गरेका छन् । त्यस्तै यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय बढी प्रजातीका चरा पाइने गर्दछन् । कार्यालयले अपि नाम्पा संरक्षण क्षेत्रभित्र पाईने वन्यजन्तुहरुको व्यानर तस्वीरहरु समेत प्रदर्शन गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?