दार्चुलाको दुहुँ गाउँपालिकाले अनुदानमा मकैको बीउ बाड्दै

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले कृषकहरुलाई अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाको कृषि शाखाको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गर्ने भएको हो ।

गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मनकामना-३ जातको मकैको बीउ वितरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीर सिंह धामीले बताउनुभयो ।

बीउ प्राप्तीको लागि गाउँपालिका भित्र रहेको कृषक, कृषि समुह, कृषि सहकारी र कृषि फर्मले आवश्यक प्रक्रिया सहित बैशाख १५ गते सम्म गाउँपालिकाको कृषि शाखामा निवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?