दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका अन्तरगत चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएका सडकहरुको रकम भुक्तानी पुर्व कुनै गुनासो भए कार्यालयमा दर्ता गराउन गाउँपालिकाले आग्रह गरेको छ। चालु आर्थिक बर्ष २०८१/०८२ भित्र निर्माण सम्पन्न हुने गरि गाउँपालिका र निर्माण कम्पनीहरुबिच भएको सम्झौता अनुसार निर्माण सम्पन्न भएका विभिन्न सडकहरुको भुक्तानी प्रक्रिया सुरु भएकोले कुनै पनि प्रकारको गुनासो भए ७ दिन भित्र गाउँपालिका कार्यालय वा वडा कार्यालयमा दर्ता गराउन गाउँपालिकाले सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।

गाउँपालिकाले निर्माण सम्पन्न भएका सडकहरुको निर्माण कार्य तथा ज्याला रकम भुक्तानी लगायतका विषयमा कुनै गुनासो भए दर्ता गराउन स्थानीय नागरिकलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिका र हुनैनाथ रानिवाश निर्माण सेवा, महाकाली नगरपालिका दार्चुला बिच सम्झौता भएको गाउँपालिकाको जोलजिवी–चौकी–धरमपानी–खेतार साननीचौरा–शंकरपुर सडकको निर्माण कार्य सम्पन्न भएकोले निर्माण कम्पनीले भुक्तानीको लागि गाउँपालिकामा निवेदन दिएको र उक्त सडक योजनाको भुक्तानी पुर्व गुनै गुनासो भए दर्ता गराउन आग्रह गरिएको छ । उक्त सडक १ करोड २९ लाख ५३ हजार ९३६ रुपैँयामा चालु आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि २०८१ साल पुस ९ गते हुनैनाथ रानिवाश निर्माण सेवा संग सम्झौता भएको थियो ।

त्यस्तै च्याडी सेलिचमा सडकको पनि निर्माण कार्य सम्पन्न भएकोले उक्त सडक योजना निर्माण र ज्याला भुक्तानीको सम्बन्धमा कुनै गुनासो भए गाउँपालिका वा सम्बन्धीत वडा कार्यालयमा दर्ता गराउन आग्रह गरिएको छ। उक्त सडक २७ लाख ५० हजार ८ सय १० रुपैँयामा चालु आर्थिक बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि लिडिङ्ग लाईट मल्टिप्रपोज प्रा.लि. र गाउँपालिका बिच २०८१ पुस १ गते सम्झौता भएको थियो ।

त्यस्तै गाउँपालिकाको जोलजिवी–शंकरपुर सडक वडा नम्बर ७ र ८ को क्रमागत योजनाको पनि भुक्तानी पुर्व कुनै जनगुनासो भए दर्ता गराउन गाउँपालिकाले आग्रह गरेको छ। क्रमागत योजनामा रहेको उक्त सडक ३४ लाख ८३ हजार ५ सय ३३ रूपैयाँमा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरि महामयी निर्माण सेवा र गाउँपालिका बिच २०८१ पुस १ गते नै सम्झौता भएको थियो । गाउँपालिकाले सूचना जारी गर्दै निर्माण सम्पन्न भएका सडक निर्माण वा ज्याला सम्बन्धी कुनै गुनासो भए दर्ता गराउन आग्रह गरेको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?