खरकडा स्वास्थ्य चौकीमा प्रजनन् स्वास्थ्य शिविर सुरु, पहिलो दिन ७३ जनाले लिए सेवा

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा अवस्थित खरकडा स्वास्थ्य चौकीमा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सुरु भएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा बैशाख ७ गते (आज) र ८ गते (भोली) शिविर सञ्चालन हुने बताइएको छ । शिविरको पहिलो दिन आज ६८ जना महिला र ४ जना पुरुष गरी कुल ७२ जनाले सेवा लिएका छन् ।

जसमध्ये ५ जनाले परिवार नियोजन सम्बन्धि सेवा लिएका छन् । त्यतै १५ जनाको पाठेघरको मुखको जाँच, १३ जनाको अल्ट्रासाउण्ड र २४ जनाको रगत तथा पिसाब जाँच गरिएको बताइएको छ ।

यसअघि जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित बोहरीगाउँ स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?