पनेबाज धनथला सडकको ढल निकास व्यवस्थित नहुँदा मौता खानेपानीको मुहान पुरियो

दार्चुला । पनेबाज–ऐरिछाना धनथाला सडकखण्डमा नालीमा (ढल निकास) को उचित व्यवस्थापन नहुदा शैल्यशिखर ७ को मौता मुहान पुरिएको छ ।

शनिवार रातीको अविरल बर्षाले पनेबाज–ऐरिछाना धनथाला सडकखण्ड अन्र्तरगत खनेटाबाट खसेको लेदो सहितको पहिरोले उक्त मुहान पुरिएको दोबाटा लिप्ट खानेपानीका अध्यक्ष गोवी मिश्रले जानकारी दिनुभयो । लेदो सहितको पहिरो खस्दा शैल्यशिखर ७ को दोबाटा देवथली र लेकम गाउँपालिकाको कुणी, कुस्काडाँ, पिर्तोली, राताकाठा लगायतका गाउँका मुहानहरु पुरीएका छन् ।

खानेपानीका मुहानहरु पुरीदा शैल्यशिखर र लेकमका करिब २ हजार बढी परिवार खानेपानीबाट बञ्चित भएका छन् । पनेबाज–ऐरिछाना धनथाला सडकखण्ड स्तरोउन्नतीको बेलामा ठेकेदारले लापरर्वाही गर्दा सडकको नाली फुटेर लेदो सहितको पहिरो खस्दा खानेपानीका मुहानहरु पुरिएर समस्या भएको उहाँले बताउनुभयो ।

खानेपानीका मुहान पुरिदा समस्या भएको छ । सम्बन्धित निकायले पहिरो पन्छाएर खानेपानी सूचारु गर्नुपर्ने स्थानीयहरुको माग छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?