दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा दुधका परिकार तयार पर्ने ७ दिने सिप विकास तालिमको उद्घाटन गरिएको छ।
गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ७ दिने तालिमको सोमबार गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले उद्घाटन गर्नुभएको हो ।
गरिबी निवारणको लागि गाउँपालिकाको लघु उद्यम विकास शाखाको अन्तरगतको कार्यक्रम अन्तरगत वडा नम्बर २ का १५ जना सम्भाव्य उद्यमी कृषकहरुलाई तालिम दिईने गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो ।
दुधबाट बन्ने विभिन्न परिकार तयार गर्ने बारेमा सहभागि उद्यमीहरुलाई तालिम दिईने उहाँले बताउनुभयो ।





प्रतिक्रिया