मालिकार्जुन गाउँपालिकाले अनुदानमा धान र मकैको बिउ वितरण गर्ने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले अनुदानमा उन्नत जातको धान र मकैको बिउ वितरण गर्ने भएको छ।

गाउँपालिकाको कृषि विकास शाखा अन्तरगतको “सबै वडामा खाद्य तथा तरकारी उत्पादन, संकलन तथा बजारिकरण कार्यक्रम” मार्फत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धान र मकैको बिउ वितरण गरिने गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो ।

बिउ माग गर्न चाहने गाउँपालिका भित्रका कृषक, कृषि समुह, कृषि सहकारी तथा कृषि फर्महरुलाई बैशाख १४ गते सम्म गाउँपालिकाको कषि शाखामा सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?