लेकम गाउँपालिकाद्धारा नमुना सुन्तला बगैँचा स्थापनाका लागि प्रस्ताव माग

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले नमुना सुन्तला बगैँचा स्थापनासहित गुरु किसान परिचालन र क्षेत्रफल बिस्तार कार्यक्रमका लागि प्रस्तावना आह्वान गरेको छ ।

गाउँपालिकाको कृषि विकास शाखा अन्तरगतको चालु आर्थिक बर्ष २०८१÷०८२ को संघिय सरकारबाट स्थानीय स्थानीय तहमा शर्सत हस्तान्तरित कार्यक्रम अन्तरगत नमुना सुन्तला बगैँचा स्थापनासहित गुरु किसान परिचालन तथा क्षेत्रफल विस्तार कार्यक्रममा सहभागि हुन कृषकहरुलाई आवेदन माग गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताउनुभयो ।

कार्यक्रम अन्तरगत गाउँपालिका भित्रका कृषकहरुले ५० प्रतिशत र गाउँपालिका भित्रका कृषक समुह,कृषक सहकारीले ८५ प्रतिशत अनुदानमा कार्यक्रममा सहभागि हुन सक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?