दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा अवस्थित खरकडा स्वास्थ्य चौकीमा दुइ दिने निःशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा आइतवार बाट सुरु भएको शिविर आज सम्पन्न भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो । शिविरको पहिलो दिन हिजो ६८ जना महिला र ४ जना पुरुष गरी ७२ जना तथा आज १०८ जना महिला तथा २० जना पुरुष गरी कुल २ सय जनाले सेवा लिएको उहाँले बताउनुभयो ।
शिविरमा जिल्ला स्वास्थ्य कार्यालय दार्चुला र लेकम गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारीको उपस्थती रहेको थियो ।





प्रतिक्रिया