दार्चुला । दार्चुलाको ऐरिछाना–धनथला सडक अन्तरगत बुरूसे, थाम र टकना खोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ को बुरूसे, थाम र टकना खोला क्षेत्रमा शनिवार रातिको बर्षाको कारण सडक माथिबाट पहिरो खस्दा जिल्ला सदरमुकाम खंलगाबाट लेकमको रिठाचौपाता, रातामाटा लगायत क्षेत्रमा चल्ने सवारी साधनहरु बन्द भएको यातायात व्यवसायी किसन सिंह धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडकखण्डको मल्लो बुरूसे, थाम र टकना खोलामा सडक माथि र तलबाट भासिएर जीप, टेक्टरका साथै दुई पाङ्ग्रे तथा साना गाडीहरु समेत ओहोरदोहोर हुने अवस्था नरहेको बताइएको छ । सडक यातायात अवरुद्ध हुदा स्थानीयहरुले जिल्ला सदरमुकामको यात्रा गर्नको लागि ऐरिछाना सम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडक चाडो मर्मत गरिनुपर्ने यात्रु र यातायात व्यवसायीको भनाइ छ ।





प्रतिक्रिया