दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा तीन महिने सीप विकास तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१। ८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत साढे ५ लाख बजेटमा सञ्चालन गरिएको सिलाई कटाई (सीप विकास) तालिम सम्पन्न भएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
२०८१ साल माघ १० गतेबाट सञ्चालन भएको सीप विकास तालिम मंगलवार (हिजो) सम्पन्न भएको बताइएको छ । गाउँपालिकाभित्र सिलाई कटाई गरिरहेका उद्यमीहरुलाई एक–एक थान मेसिन, एक–एक थान इलेक्ट्रोनिक आईरन, एक–एक थान ओभरलक र अन्य सिलाई कटाईमा आवश्यक पर्ने साम्रगीहरु हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
तीन महिने सिलाई कटाई समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले उद्यमीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाभित्र दर्ता गरेर सिलाई कटाई गरिरहेका उद्यमीहरुको लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया