दार्चुला । गत वर्षको तुलनामा यस वर्ष दार्चुलामा गहुँ उत्पादनमा सामान्य वृद्धि भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष दार्चुलामा १.९३ प्रतिशतले गहुँ उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्दराज उपाध्यायले जानकारी दिनुभयो । दार्चुलामा गत वर्ष ११ हजार ३ सय ५० मेट्रिक टन गहु उत्पादन भएकोमा यसवर्ष ११ हजार ४ सय ९३ मेट्रिक टन गहु उत्पादन भएको उहाँले बताउनुभयो । दार्चुलामा खेतियोग्य जमिनमध्ये ५ हजार ९ सय ५५ हेक्टर क्षेत्रमा मात्रै गहुँ खेती गरिएको थियो ।
गहुँ उत्पादनको क्षेत्र बढेपनी यस वर्ष समयमै हिउँदे वर्षा नहुदा अनुमान गरेजती उत्पादन नभएको बताइएको छ । त्यस्तै परम्परागत विउँको प्रयोग, कृषि जनशक्तिको अभाव, रोग तथा किराहरुको संक्रमण, सिचाई समस्याले अनुमान गरेजती उत्पादन नभएको उहाँले बताउनुभएको छ । दार्चुलामा २९ हजार ५ सय ४४ हेक्टर जमिन खेतियोग्य रहेकोमा २२ हजार ८ सय २५ हेक्टरमा मात्रै खेतिपाती गर्ने गरिएको छ ।
खेतियोग्य जमिनमध्ये ३३ प्रतिशतमा मात्रै सिचाइको सुविधा रहेको कृषि ज्ञानकेन्द्र दार्चुलाका सहायक कृषि अर्थविज्ञ स्यामराज जोशीले जानकारी दिनुभयो । जिल्लाका अधिकास स्थानमा आकेसेपनीको भरमा हिउँदे खेती गर्नुपर्ने भएकाले उत्पादनमा कमि आउने गरेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया