लेकमको चौपातामा दाल उत्पादन प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा  दाल उत्पादन प्रविधि सम्बन्धि एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

सप्रोस नेपालको आयोजनामा एक दिने क्षमता अभिवृद्धि तालिम वडा नम्बर ५ को सभाहलमा सम्पन्न भएको सप्रोस नेपाल लेकमका फिल्ड प्राविधिक विकास कठायतले जानकारी दिनुभयो । कार्यक्रममा दिवा खाजा कार्यक्रम सञ्चालन रहेका ३८ वटा विद्यालयहरुका कर्मचारी तथा दिवा खाजा व्यवस्थापनको लागि दैनिक स्थानीय स्तरमा उत्पादित दाल तथा तरकारी वितरण गर्ने किसानहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई फिल्ड प्राविधिक विकास कठायतले दाल तथा तरकारीको महत्व, उत्पादन विधिका बारेमा प्रशिक्षणका साथै  ढुवानी, रोगव्याधिको सक्रमण, लगायत जोखिमहरुको व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।त्यस्तै बजारमा पाईने रसायनिक मलले मानव शरिरमा क्षती पुर्याउने भएकाले रसायनिक मलहरुको प्रयोग नर्गन सहभागीहरुलाई सुझाव दिइएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वल्देव सिंह बोहराको अध्यक्षता रहेको कार्यक्रममा लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिकाभित्रका ३८ वटा विद्यालयका दिवा खाजा व्यवस्थापक स्थानीय कृषकहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

लेकम गाउँपालिकाका ४८ वटा विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेको छ । बाकीँ रहेका विद्यालयहरुको सयुक्त कार्यक्रम लालीमा सञ्चालन गरिने फिल्ड प्राविधिक कठायतले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?