दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा अवस्थित बलाच शवस्टेशनको विद्युत ट्रान्सर्फमरमा चट्याङले क्षती पुर्याएपछि मार्मा शवस्टेशनबाट बैकल्पिक रुपमा विद्युत जडान गरिएको छ ।
पाचँ दिन पहिले बलाच शवस्टेशनमा रहेको ३ केभिए क्षमताको विद्युत ट्रान्सर्फमरमा चट्याङले क्षती पुर्याएपछि मार्माबाट वैकल्पिक लाईन जडान गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले मार्मा शवस्टेशनबाट वैकल्पिक लाईन जडान गरिएको बताइएको छ । बलाच शवस्टेशनको विद्युत ट्रान्सर्फमर मर्मतका लागि हेटौडा पठाइएको र मर्मत भएर जिल्ला पुग्न एक हप्ता बढी समय लाग्ने बताइएको छ ।
बलाच शवस्टेशनबाट दार्चुलाको शैल्यशिखर र लेकम तथा बैतडीको डिलासैनी र पुर्चौडी नगरपालिकामा विद्युत लाईन रहेको थियो । अहिले उक्त क्षेत्रमा मार्माबाट लाईन जडान गरिएको बताइएको छ । विद्युत नियमित रुपमा सूचारु गर्न समय लाग्ने बताइएको छ ।





प्रतिक्रिया