दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा विद्यालय व्यवस्थापन समिति र वडा जनप्रतिनिधिहरुको लागि स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा सम्बन्धि पुर्नताजकी कार्यक्रम सम्पन्न भएको छ ।
सप्रोस नेपालको आयोजनमा एक दिने पुर्नताजकी कार्यक्रम वडा नम्बर १ को सभाहलमा सम्पन्न भएको सप्रोस नेपाल लेकमका फिल्ड प्राविधिक विकास कठायतले जानकारी दिनुभयो । कार्यक्रममा दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, भान्सेहरु, तथा वडा नम्बर १ का जनप्रतिनिधिहरुलाई खाद्य सुरक्षा तथा स्वछता सम्बन्धि अभिमुखिकरण गराइएको छ ।
त्यस्तै कार्यक्रममा इन्धन व्यवस्थापन, कार्यक्रमको निरन्तर अनुगमन, राजस्व संकलन तथा शैक्षिक साम्रगी बितरण, वडाबाट बजेट विनियोजन गराउने लगायतका विषयमा सरोकारवालाहरुसंग छलफल गरिएको फिल्ड प्राविधिक कठायतले बताउनुभयो ।
वडा नम्बर १ का वडा अध्यक्ष नवराज पन्तको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु,भान्सेहरु, वडाका जनप्रतिनिधि लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।





प्रतिक्रिया