दार्चुला । शैल्यशिखर नगरपालिकाको ठुल्सैनीमा चौलानी शव डिभिजन कार्यालयको भवन निर्माण कार्य सुरु भएको छ ।
प्रदेश सरकारको २९ लाख बजेटमा निर्माण हुने उक्त भवनको शुक्रवार (हिजो) बाट निर्माणकार्य सुरु भएको डिभिजन बन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मी दत्त जोशीले जानकारी दिनुभयो ।
असार १० गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित लटिनाथ निर्माण सेवाले भवन निर्माणको जिम्मा पाएको छ । दार्चुलाको गोकुलेश्वरमा अवस्थित चौलानी शव डिभिजन कार्यालयसंग आफनो भवन नहुदा हाल भाडाको घरबाट सेवा प्रवाह भइरहेको कार्यालय प्रमुख जोशीले बताउनुभयो ।
उहाँका अनुसार हाल चौलानी शव डिभिजन कार्यालय गोकुलेश्वरमा फरेष्टर सहित तीन जना बन रक्षक गरी चार जना कर्मचारी कार्यरत रहेका छन् ।





प्रतिक्रिया