दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली देखि कटेबाटा सम्म विद्युत लाईन व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम रहेको छ ।
दुई वर्ष पहिले विद्युत पुगेको उक्त क्षेत्रमा बिजुलीका तारहरु साना बालवालिकाहरुले समेत छुन सक्ने गरी लाईन जडान गरिएको स्थानीय लोकेन्द्र सिंह खत्रीले जानकारी दिनुभयो । त्यस्तै ५० मिटरको दुरीमा गाड्नुपर्ने पोलहरु ४०० मिटर टाढा गाडेर लाईन जडान गर्दा तारहरु कमजोर भएर भुइँमै लतारिदा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाई छ । सम्बन्धित निकायले उक्त क्षेत्रमा विद्युत लाईन व्यवस्थित गरिदिनुपर्ने स्थानीयको माग छ ।
यस विषयमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटालाइ बुझदा उक्त क्षेत्रमा कम्पनीले नै विद्युतिकरणको काम गरेकोले कार्यालयलाई जानकारी नभएको बताउनुभएको छ । साथै उक्त क्षेत्रमा गोकुलेश्वबाट प्राविधिकको टोली खटाएर लाईन मर्मत गरिने उहाँले बताउनुभएको छ । लाईन मर्मत नहुदासम्म विद्युतका तारहरुमा नछुन स्थानीयलाई अनुरोध गरिएको छ ।





प्रतिक्रिया