दार्चुलामा वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न

दार्चुला । दार्चुलामा स्थानीय तहका वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्लाभरीका वडा कार्यालयहरुका वडा अध्यक्ष तथा वडा सचिवहरुले वडा कार्यालयहरुको  सेवा प्रवाह, शुसाशन, नागरिकता सिफारिस, सुरक्षा अवस्था, राहधानी तथा राष्ट्रिय परिचयपत्रको अवस्थाबारे जानकारी गराएका छन् । त्यस्तै कार्यक्रममा सहभागीहरुलाई वडा कार्यालयबाट सञ्चालन हुने सेवाहरुलाई जनमैत्री बनाउन, सेवा तथा विकास व्यवस्थपन दरिलो रुपमा प्रवाह गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधिहरु,जिल्लाभरिका वडा अध्यक्ष तथा वडा सचिवहरु, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?