दार्चुला । दार्चुलास्थित नेपाली सेनाको गुरुगोरख गुल्म म्याग्दी सर्ने भएको छ । २०७७ साल माघ १९ गते दार्चुलाको खलंगा आएको गुरुगोरख गुल्म अर्थुङ्गे व्यारेक, म्याग्दीमा सरिरहेको हो । गुल्मले आफ्नो सम्पूर्ण सुरक्षा फौज म्याग्दी सराईका लागि आवश्यक तयारी गरिरहेको छ ।
गुरुगोरख गुल्मको ५० जनाकोे सैनिक टोली बैशाख १ गते दार्चुलाबाट सरेको छ । दार्चुलामा अब भगतपुर व्यारेक, कञ्चनपुरको श्रीदल गुल्म बस्ने बताईएको छ । श्रीदल गुल्मबाट पनि ५० जनाको सैनिक टोली बैशाख ८ गते दार्चुला आइपुगेको छ । त्यसको केहि दिन पहिले बरबुझारथका लागि टोली पुगेको थियो ।
त्यस्तै बैशाख ५ गते गुरुगोरख गुल्मको ‘निशान’ म्याग्दी लगिएको छ भने बैशाख १२ गते श्रीदलको निशान भित्र्याइएको छ । यसै हप्ता गुरुगोरख गुल्मको सम्पूर्ण सुरक्षा फौज मुभ (सर्ने) सेनाले जनाएको छ । श्रीदल गुल्मको गुल्मपतिमा सेनानी उत्तम खड्का रहेका छन् ।
दार्चुलाको खलंगामा नेपाली सेनाको गुल्म रहेको छ भने २०७७ श्रावणदेखि टिंकर सडक निर्माणार्थ नेपाली सेनाको विकास निर्माण दल–२ गण पनि बसेको छ ।





प्रतिक्रिया