मालिकार्जुन–२ मा दुधका परिकार बनाउने सीप विकास तालिम सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा दुधका परिकार बनाउने सीप विकास तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार “गरिबी  निवारणका लागी लघु उद्यम कार्यक्रम” अन्र्तरगत बैशाख ८ गतेबाट वडा नम्बर २ को मेल्खेतमा सञ्चालन गरिएको दुधका परिकार बनाउने सीप विकास तालिम सम्पन्न भएको मालिकार्जुन गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले यस वर्ष ३० जनालाई उक्त तालिम दिने लक्ष्यअनुसार  वडा नम्बर २ का १५ जना उद्यमीहरुलाई तालिम दिइएको बताइएको छ । त्यस्तै वडा नम्बर १ मा केहिदिन पहिले १५ जनालाई तालिम दिइएको उहाँले बताउनुभयो । आज एक कार्यक्रमका बीच उद्यम विकास शाखा प्रमुख धामीले तालिममा सहभागी उद्यमीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै तालिम समापन गरेको बताइएको छ ।

तालिममा सहभागी उद्यमीहरु विभिन्न दुधका परिकारहरु निर्माण गर्न सक्षम भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?