मालिकार्जुन-३ मा रहेको लटिनाथ-दुदिला मन्दिरको गेट शिलन्यास

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको लटिनाथ दुदिला मन्दिरको गेट शिलन्यास गरिएको छ।

स्थानीय युवाहरुको सक्रियतामा अभियान सञ्चालन गरेर निर्माण गरिन लागेको मन्दिरको प्रवेद्धार (गेट)को सोमबार आज शिलन्यास गरिएको मालिकार्जुन लटिनाथ दुदिला मन्दिर विकास समितिका संयोजक शेर सिंह धामीले बताउनुभयो ।

मालिकार्जुन-३ मा रहेको लटिनाथ मन्दिरको प्रवेशद्धार (गेट) निर्माणको लागि विभिन्न निकाय संग आग्रह गर्दा पनि गेट निर्माणमा कसैले चाँसो नदेखाए पछि स्थानीय युवाहरु समिति मार्फत अभियान सञ्चालन गरि गेट र घेर पर्खाल निर्माण गरिरहेको समितिका अध्यक्ष अनिल सिंह धामीले बताउनुभयो ।

अहिले मन्दिरमा घेर पर्खाल र गेट निर्माणको लागि देश तथा विदेशबाट आर्थिक संहयोग संकलन भइरहेको उहाँले बताउनुभयो ।

साथै मन्दिरको घेर पर्खाल तथा गेट निर्माणमा सहयोग गर्न चाहनेहरुले समितिमा सम्पर्क गर्न अध्यक्ष धामीले आग्रह गर्नुभयो।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?