महेन्द्रनगरबाट बैतडी आउँदै गरेको हाइस दुर्घटना: डिलासैनीका नेगीको मृत्यु

दार्चुला । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी आउँदै गरेको विद्युतीय हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मंगलबार राति साढे ११ बजेतिर भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मेलखोलामा सुपप्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ जोखल्लीका ४५ बर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त दुर्घटनामा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ जोखल्लीका २७ बर्षीय धिरेन्द्र नेगी, ५३ बर्षीय रामबहादुर नेगी, ६५ बर्षीया धाना नेगी, २८ बर्षीय बीरबहादुर नेगी, डिलाशैनी गाउँपालिका नम्बर ४ नुवाकोटका ४४ बर्षीय जगदीश जोशी र हाइस चालक बैतडीको पुर्चौंडी नगरपालिकाका २४ बर्षीय अशोक बम घाइते भएका छन् ।

घाइते मध्ये धाना नेगी र चालक बमको निसर्ग अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

अन्य चार जना घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

विद्युतीय हाइस अनियन्त्रित भएर सडकबाट ६० मिटर तल खसेको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?