लेकम गाउँपालिकाले शिविरमार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा बैशाख २१ गतेबाट चालु आर्थिक वर्ष २०८१।८२ को तृतीय त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन हुने भएको छ ।

चालु आर्थिक बर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामान्य हिडडुल गर्न नसक्ने सामाजिक सुरक्षा भत्ताा प्राप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई वडाहरुमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

जसअनुसार बैशाख २१ वडा नम्बर ३ को कार्यालय लालीमा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन हुने गाउँपालिकाका एम आई एस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो ।

त्यस्तै बैशाख २२ गते वडा नम्बर ४ को कार्यालय खरकडामा, २३ गते वडा नम्बर ६ को कार्यालय उचाकोटमा, २४ गते वडा नम्बर १ को कार्यालय सर्मोलीमा र २५ गते वडा नम्बर २ को वडा कार्यालय कुणीमा शिविरका माध्यमबाट सेवा दिईने अपरेटर बिष्टले बताउनुभयो । वडा नम्बर ५ को हकमा लक्ष्मी सनराईज शाखा बैंक नजिकै रहेकाले ५ नम्बर वडामा शिविर सञ्चालन नहुने र बैंकबाटै भत्ता वितरण गरिने अपरेटर बिष्टले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र र चेक बुक सहित सम्बन्धित वडा कार्यालयहरुमा उपस्थित भइ सेवा लिन अनुरोध गरिएको छ ।

वडा कार्यालयहरुमै सेवा दिईने भएकाले ज्येष्ठ नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्र, वालवालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र, अपाङ्गको हकमा अपाङ्गता परिचय पत्र, विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्र र लक्ष्मी सनराईज बैंकले उपलब्ध गराएको चेकबुक सहित सम्बन्धित वडा कार्यालयहरुमा उपस्थित भई सेवा लिन आग्रह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?