दार्चुला । भूमी समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा वडास्तरिय सहजिकरण समिति गठन गरेको छ ।
बिहिवार (आज) एक कार्यक्रमका बिच वडा अध्यक्ष जगदिश सिंह धामीको अध्यक्षतामा वडास्तरिय सहजिकरण समिति गठन गरिएको भूमी समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिंह धामीले जानकारी दिनुभयो ।
जिल्ला समिति दार्चुलाले जिल्लाका स्थानीय तहहरुमा पालिका तथा वडास्तरिय समिति गठन गरिरहेको छ । सोही अनुसार आज वडा नम्बर ६ मा समिति गठन गरिएको उहाँले बताउनुभयो । समितिको सदस्यहरुमा वडा सचिव र वडा सदस्यहरु रहने बताइएको छ । शैल्यशिखर नगरपालिकामा यसअघिनै नगरस्तरीय कार्यक्रम सम्पन्न भइसकेको छ ।
वडा अध्यक्ष जगदिश सिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी भूमी समस्या तथा समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामी स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।





प्रतिक्रिया