दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ र ५ अन्तरगत महाकाली नदी किनारमा छिमेकी भारतले बलमिच्याई पूर्वक निर्माण गरिरहेको तटबन्धको संरचनाको काम रोक्न नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले अनुरोध गरेको छ । जनस्तरबाट पटकपटक दबाबको प्रयास भएपनि सरकार यसबारे अहिलेसम्म मौन देखिएको भन्दै एमाले दार्चुलाले संवाद मार्फत नेपाली भू भागमा भारतीय पक्षको एकतर्फी तटबन्ध निर्माण कार्य रोक्न माग गरेको हो ।

छिमेकीले बलमिच्याई पूर्वक निर्माण गरिरहने तर नेपाल सरकारले मौनता देखाइ रहने दुःखद, लज्जास्पद र विडम्बनापूर्ण स्थितिले दार्चुला बासि न्यायप्रेमी जनताको मनमा चिसो पसेको छ, एमाले दार्चुलाले प्रमुख जिल्ला अधिकारीमार्फत आज परराष्ट्र मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ । विगत लामो समयदेखी सीमा क्षेत्रमा भारतले गलत प्रकारको हर्कत देखाइरहेको एमालेको ठहर छ। महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेकोले उक्त कार्य तत्काल रोकिनुपर्ने एमालेको माग गरेको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।

तटबन्धको संरचना निर्माण वारे प्राविधिक रुपमा अध्ययन विश्लेषण गर्ने र जिल्ला प्रशासन कार्यालय लगायत सबै सरकारी निकायलाई ब्रिफिङ गर्ने, समन्वय गर्ने दायित्व रहेको महाकाली नदी नियन्त्रण आयोजना नै अहिले अस्तित्वमा छैन, ज्ञापनपत्रमा भनिएको छ, दार्चुलाको खलंगामा रहेको यो आयोजना कार्यालय खारेज गरेर यसको स्थानमा बैतडीको पाटनमा सिँचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालय राखिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरु कार्यक्षेत्र रहेको उक्त कार्यालयले महाकालीको अवस्था र आवश्यकता बारे समय दिन सकेको छैन ।

भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको क्षेत्रभित्र व्यक्तिका व्यक्तिगत लालपुर्जा भएको तथा सरकारी कार्यालयको जग्गा समेत रहेकोले तत्काल परराष्ट्र मन्त्रालय मार्फत समन्वय गरी दुवै देशका संयुक्त नापी टोली र प्राविधिक टोली खटाई समस्या समाधानका लागि सरकार समक्ष अपिल गर्दछौं एमाले दार्चुलाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । साथै दुवै देशको नापी र प्राविधिक टोलीले क्षेत्र निर्धारण नगरे सम्म निर्माण कार्य रोक्नका लागी आवश्यक पहल गर्न समेत अनुरोध गर्दै समस्या समाधान नभएमा आन्दोलनका थप कार्यकम अगाडि बढाईने व्यहोरा जानकारी गराउदै सांकेतिक रुपमा परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।

सम्बन्धित समाचारः दार्चुला सदरमुकाममै भारतको दादागिरी, सीमामा कब्जा जमाउदा समेत नेपाली पक्ष मौन

एमाले दार्चुलाले परराष्ट्रमन्त्रीलाई बुझाएको ज्ञापनपत्र हेर्नुहोस

सम्बन्धित समाचारः दार्चुला सदरमुकाममै भारतको दादागिरी, सीमामा कब्जा जमाउदा समेत नेपाली पक्ष मौन

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?