अपीनाम्पा संरक्षण क्षेत्रमा कार्यरत नायव सुब्बा तोयराज जोशीको हृदयघातबाट निधन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बोहरीगाउँ घर भइ अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा नायव सुब्बा पदमा कार्यरत तोयराज जोशीको हृदयघातका कारण निधन भएको छ ।

जोशीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै निधन भएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका कार्यालय प्रमुख विनय कुमार झा ले जानकारी दिनुभयो ।

जोशी अस्ती मात्रै कार्यालयबाट घर फर्किएको र आज दिउँसो उक्त खबर आएको उहाँले बताउनुभयो । जोशीको शव अहिले घर ल्याइदै छ । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा कार्यरत कर्मनिष्ठ मिलनसार कर्मचारी नायव सुब्बा जोशीको निधनले सिंगो कार्यालय मर्माहत भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?