दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका योगमय पालिका घोषणा भएको छ ।
शनिवार (आज) एक कार्यक्रमका बिच मालिकार्जुन गाउँपालिका योगमय पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभयो । विद्यालय तथा वडास्तरीय योग शिक्षा कार्यक्रम अन्तर्गत योग, आयुर्वेद, शिक्षा र आत्मअनुशासन विषयमा वृहत अन्तरक्रिया तथा योगमय पालिका अन्तरगत मालिकार्जुन गाउँपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो योगमय पालिका बनेको छ ।
गाउँपालिकाले सबै वडामा रहेका विद्यालयहरुमा योग सम्बन्धि शिक्षकको व्यवस्थापन, तथा योग अभ्यासहरु भइरहेको उहाँले बताउनुभयो । पतञ्जली युवा नेपालका मुख्य केन्द्रीय प्रभारी सादवी देवविजया र पालिका अध्यक्ष हिरा सिंह धामीले पालिकालाई योगमय बनाउन गरिएको सम्झौतापत्र आदान प्रदान गरेका छन् ।
“शिक्षा, संस्कार र आत्मअनुशासन, सामाजिक रुपान्तरणको आधार” भन्ने नाराका साथ कार्यक्रममा विभिन्न विषयमा अन्तक्रिया गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । कार्यक्रममा जीवन, योग, विज्ञान तथा आयुर्वेदको बारेमा साधवी देवविजयाले सहजिकरण गर्नुभएको थियो । योगमय पालिका बनाउन गाउँपालिकाले बार्षिक निती तथा योजनाबाट बजेट व्यवस्थापन गरेको छ ।
शिक्षक, विद्यार्थी र अभिभाव सम्म योग अभ्यास पुगाउन पालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहको छ । योगमय पालिका घोषणामा शिक्षा तथा समन्वय इकाई दार्चुला र समाजिक विकास कार्यालय दार्चुलाले समन्वयात्मक सहयोग गरेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिकाका अध्यक्ष तथा पतञ्जली नेपाल दार्चुलाका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख अतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, महाकाली नगरपालिकाका उप–प्रमुख दुर्गा विष्ट, जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रकाश दाहाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्त, समाजिक विकास कार्यालयका रामचन्द्र ओझा, स्थानीय, शिक्षक विद्यार्थी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।





प्रतिक्रिया