देशका धेरै ठाउँको आजपनी वर्षाको सम्भावना

दार्चुला । देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाण्डौ उपत्यकासहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ । आज कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । गएराति गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् अधिकारीले बताउनुभयो ।

आज देशका पहाडी ठाउँसहित तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आजको तुलनामा भोलिदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि पर्सिसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ । आज दिउँसो पनि काठमाण्डौसहित आसपासका क्षेत्रमा वर्षाको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यस कारण बादल लाग्ने र पानी पर्ने भइरहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?