लेकमको चौपातामा ‘ट्याक्टर बहस’ कार्यक्रम सञ्चालन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा ‘ट्याक्टर बहस’ कार्यक्रम सञ्चालन भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दुर्घटना न्युनिकरणका लागि जिल्लाभरी केहि समय पहिलेदेखि ‘ट्याक्टर बहस’ कार्यक्रमको सुरूवात गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीद्धारा दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनाको लागि संचालित नव प्रर्वतनिय कार्य अन्तर्गत ‘ट्याक्टर बहस’ कार्यक्रम सुरू भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

आइतवार (आज) जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा ट्याक्टर व्यवसाय गरिरहेका ट्याक्टर धनी र चालकहरूको उपस्थितिमा कार्यक्रम संञ्चालन गरिएको इलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रमुख मोतीसिंह बमले जानकारी दिनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले दुर्घटनाबाट जोगिन अपनाउनु पर्ने सतर्कताका बारेमा ट्याक्टर धनी र चालकलाई प्रशिक्षणात्मक जानकारी दिनुभएको थियो ।

नयाँ नाम दिएर सडक दुर्घटना न्युनिकरण गर्न लागिएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष बल्देब सिंह बोहरा, इलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रमुख मोतीसिंह बम, जनप्रतिनिधिहरु, सवारी धनी तथा सवारी चालकहरु, शिक्षक, स्थानीय लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?