दार्चुलामा मनसुनजन्य विपद् उद्धार सम्बन्धी ‘डेमो’ प्रदर्शन

दार्चुला । दार्चुलामा मनसुनजन्य विपद् उद्धार सम्बन्धी ‘डेमो’ प्रदर्शन कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ स्थित लास्कुखोलामा नेपाली सेनाको श्री दल गुल्म दार्चुलाको अगुवाईमा विपद् उद्धार सम्बन्धी ‘डेमो’ प्रदर्शन कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

नेपाली सेना शशस्त्र प्रहरी र नेपाल प्रहरीले विपद्मा उद्धार सम्बन्धी विभिन्न ‘डेमो’ हरु प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

डेमो प्रदर्शनी कार्यक्रममा महाकाली नगरपालिकाका उप–प्रमुख दुर्गा खत्री बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, नेपाली सेना,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रमुखहरु, जिल्ला अस्पताल दार्चुलाको चिकित्सकिय टोली, विद्यार्थी सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?