दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा बैशाख २२ गते (भोली) विद्युत् लाइन परीक्षण गरिने भएको छ।
राष्ट्रिय प्रसारण लाइनसँग जडान गर्ने कार्य अन्तर्गत विद्युत् लाइन परीक्षण हुन लागेको लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो । विद्युत् लाइन परीक्षणका क्रममा पोल, तार, स्टे र ट्रान्सफर्मरमा विद्युत् प्रवाह हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
वडा नम्बर २ को कैनोडा, सल्ला, कुणी, भाटाइजर, कट्या, देउभा, कुमल्काडा र पिपलकोटका स्थानीयलाई परीक्षण अवधिभर उक्त संरचनाहरू नछुन र नजिक नजान आग्रह गरिएको छ। साथै सल्ला लोडसेटर, हुनैनाथ भगवती मन्दिर लोडसेटर र पिपलकोट लोडसेटर क्षेत्रमा लाइन चार्ज हुने जानकारी गराइएको छ ।






प्रतिक्रिया