दुर्घटनामा परि लेकमका शिक्षा अधिकृत ओझा घाईते, उपचारका लागि अस्पताल पठाइयो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा मोटरसाईकल दुर्घटना हुँदा लेकम गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव ओझा घाइते हुनुभएको छ।

लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा ओझा घाइते भएको इलाका प्रहरी कार्यालय चौपाताका प्रमुख प्रहरी नायव निरीक्षक मोती सिंह बमले जानकारी दिनुभयो ।

ओझालाई अहिले घट्ना स्थलबाट रिठाचौपाता स्वास्थ्य चौकीमा पुर्याइएको प्रहरीले जनाएको छ । रिठाचौपातामा प्राथमिक उपचारपछि थप उपचारका लागि गोकुलेश्वर पठाइएको र स्वास्थ्य परीक्षणका लागि धनगढी जान सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन् । माथिबाट खसेको ढुंगा पिठ्युमा लागेर अधिकृत ओझाले चलाएको बाइक दुर्घटना भएको र बाहिरबाट हेर्दा चोट कति छ भन्ने थाहा नभएकोले थप उपचारका लागि अस्पताल पठाइएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?