शिक्षा अधिकृत ओझाको निधनमा लेकम गाउँपालिकामा शोक विदा, आफन्त तथा शुभचिन्तक स्तब्ध!

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकमा मंगलबार (आज) शोक विदा दिइएको छ । गाउँपालिकामा कार्यरत शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको सोमबार मोटरसाईकल दुर्घटनामा परि निधन भएकोले आज गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालयहरुमा शोक विदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताउनुभयो ।

सोमबार लेकम गाउँपालिकाको वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लागेर गम्भीर घाइते भएका अधिकृत ओझाको मृत्यु भएको हो । ढुंगा लागेपछि ओझाले चलाएको मोटरसाइकल समेत दुर्घटना भएको थियो ।

लेकम गाउँपालिका वडा नम्बर ४ मा घर भएका ओझा चौपाताबाट घर फर्किनेक्रममा दुर्घटनामा पर्नुभएको हो । घटनास्थलबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । शिक्षा अधिकृत ओझाको मृत्युले लेकम गाउँपालिकाको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको छ । ओझाले लेकम गाउँपालिकामा शिक्षा शाखाको नेतृत्व गरेपछि शैक्षिक सुधारका लागि विभिन्न प्रयास तथा काम गर्नुभएको थियो । युवा उमेरमा बौद्धिक व्यक्तित्व तथा कुशल प्रशासक गुमाउदा गाउँपालिका परिवार शोकाकुल बनेको छ।

ओझाको मृत्यु पछि सिंगो लेकम पालिका तथा आफन्त, शुभचिन्तकहरू स्तब्ध भएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?