तथ्याङ्क संकलनका लागि आवेदन खोल्न माग गर्ने भूमि आयोग दार्चुलाको निर्णय

दार्चुला । भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनको लागि आवेदन खोल्न माग गर्ने निर्णय गरेको छ।

सोमबार भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिंह धामीको अध्यक्षतामा बसेको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाको बैठकले जिल्ला भरि रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क पुनः संकलनको लागि आवेदन खोल्न भूमि समस्या समाधन आयोग केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका प्रवक्ता नारायण दत्त भट्टले जानकारी दिनुभयो ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि जिल्लाका ९ वटै स्थानीय तहले पुनः आवेदन खोल्न जिल्ला समिति संग माग गरेकोले सोही अनुसार आयोगको केन्द्रीय समिति संग आवेदन खोल्न माग गरिएको उहाँले बताउनुभयो ।

भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गरे पछि भूमि सम्बन्धी समस्या रहेका नागरिकले आवेदन दिन सक्ने उहाँले बताउनुभयो ।

यस अघि संकलन गरिएको तथ्याङ्क अनुसार जिल्ला भरि १६ सय बढी भूमि सम्बन्धी समस्या रहेका नागरिक रहेका छन् ।

लाल सिंह धामीकै अध्यक्षतामा रहेको यस अघिको राष्ट्रिय भूमि आयोग दार्चुलाले संकलन गरेको तथ्याङ्क अनुसार जिल्लाका ८ वटा स्थानीय तहमा १६ सय ५ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क संकलन गरेको थियो ।

जिल्लाको व्याँस गाउँपालिकामा भने तथ्याङ्क संकलन गर्न बाँकी रहेको अवस्थामा सरकारले राष्ट्रिय भूमि आयोग खारेज भएको थियो ।

यस अघिको तथ्याङ्क अनुसार जिल्लाको महाकाली नगरपालिकामा भूमिहिन सुकुम्बासी ३ जना, भूमिहिन दलित १ जना र अव्यवस्थित बसोबासी २ सय १६ जना रहेका थिए ।

त्यस्तै शैल्यशिखर नगरपालिकामा भूमिहिन सुकुम्बासी ५ जना, भूमिहिन दलित ६० जना र अव्यवस्थित बसोबासी ७४ जना, मार्मा गाउँपालिकामा भूमिहिन सुकुम्बासी २२ जना, भूमिहिन दलित ४ जना र अव्यवस्थित बसोबासी १८ जना, नौगाड गाउँपालिकमा भूमिहिन सुकुम्बासी र भूमिहिन दलित नरहेको तथा अव्यवस्थित बसोबासी १ सय ९१ जना रहेको तथ्याङ्क संकलन गरिएको थियो ।

त्यस्तै लेकम गाउँपालिकमा भूमिहिन सुकुम्बासी ४ जना,भूमिहिन दलित ४२ जना र अव्यवस्थित बसोबासी ४४ जना, दुहुँ गाउँपालिकामा भूमिहिन सुकुम्बासी १ जना, भूमिहिन दलित २ जना र अव्यवस्थित बसोबासी ५ जना रहेका थिए, भने दुहुँमा २० जनालाई पुर्जा समेत वितरण गरिएको थियो ।

जिल्लाको मालिकार्जुन गाउँपालिकामा भूमिहिन सुकुम्बासी ३ जना, भूमिहिन दलित ८ जना र अव्यवस्थित बसोबासी ५ सय ६४ जना र अपिहिमाल गाउँपालिकामा भूमिहिन सुकुम्बासी र भूमिहिन दलित नरहेको तथा ३ सय ६५ जना अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क संकलन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?